Rule 35
रोक्का तथा फुकुवाको अभिलेख राख्ने
(१) विभागले कुनै अभियुक्तबाट वा निजको तर्फबाट धरौटी जमानत लिएकोमा वा कुनै सम्पत्ति वा साधन नियन्त्रणमा लिएकोमा वा रोक्का राखेकोमा त्यस्तो रोक्का विवरण सहितको अभिलेख खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभिलेखमा उजुरी दर्ता नम्बर, अभियुक्तको नाम, थर, वतन, सम्पत्ति, साधनको विवरण, रोक्का राख्ने वा नियन्त्रणमा लिने आदेश भएको मिति, रोक्का राख्ने वा नियन्त्रणमा लिने कार्यालय, रोक्का राख्न वा नियन्त्रणमा लिन लेखिएको पत्रको मिति र चलानी नम्बर समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति फुकुवा भएमा विभागले सो को अभिलेख अद्यावद्यिक गरी राख्नु पर्नेछ ।
(४) कसूरजन्य सम्पत्ति वा साधन रोक्का, नियन्त्रण र जफतका सम्बन्धमा विभागले कानून बमोजिमको विवरण, जफत सम्पत्ति तथा साधन सम्बन्धित विभागमा पठाउनु पर्नेछ ।